+
+

तिलोत्तमामा ४० लाख लगातको सूचना प्रविधि उद्यान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते २०:१९

२२ जेठ, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ ।

नगरपालिकाको ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट निर्माण भएको उद्यानको पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मंगलबार उद्घाटन गरे ।

सो अवसरमा बोल्दै पौडेलले अहिलेको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसको प्रयोगको पहुँच आम नागरिकसम्म पुर्‍याउन स्थानीय तहले लगानी गर्नुपर्ने बताए । उनले भने, ‘सूचना प्रविधिमा फड्को मारेका देशहरूले छिटो आर्थिक विकास र समृद्धि हासिल गरेको छन् ।’

नगरको मुख्य प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डा सहितको उद्यानले राष्ट्रियताको प्रवद्र्धन गर्ने र नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन प्रेरित गर्ने पौडेलले बताए ।

नगरपालिकाका प्रमुख रामकृष्ण खाणले चुनावी घोषणापत्र अनुसार नगरलाई स्मार्ट र सूचना प्रविधिमैत्री बनाउन आईटी उद्यान निर्माण गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एलईडी बोर्ड र नगर भित्रका धार्मिक र सांस्कृतिक सम्पदा झल्किने गरी कम्पाउन्डवालको भित्री भागमा पेन्टिङ गरिएको जानकारी दिए ।

उक्त एलईडी बोर्डमा क्रिकेट, फुटबल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले खेल्ने खेलको प्रत्यक्ष प्रसारण गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?