+
+

काठमाडौंमा विश्वकप क्रेज

विकास/शंकर/आर्यन विकास/शंकर/आर्यन
२०८१ जेठ २२ गते २१:५९

२२ जेठ, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको छ ।

१० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थक पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् ।

नेपालमा पनि  टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइएको छ ।

नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरिएको छ । प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ ।

हेर्नुहोस् तस्वीरहरूः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?