+
+

वातावरण जोगाउन चिरीबाबुलाई विद्यार्थीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते ८:५४

२३ जेठ,काठमाडौ । ललितपुरका विद्यार्थीले महानगर प्रमुख चिरीबाबु महर्जनलाई वातावरण सुधारका उपायसहितको सुझाव दिएका छन् । रातो वंगला स्कुलका कक्षा १० मा अध्ययन गर्ने ६१ जना विद्यार्थीले नदीनाला संरक्षण, ढल व्यवस्थापन, बायो फ्युल उत्पादनमा जोड दिनुपर्ने महर्जनलाई सुझाव दिएका हुन् ।

वातावरण संरक्षण गर्नका लागि वातावरण विनाशका काम गर्नेलाई दण्ड र जरिवाना समेत गर्नेपर्ने धारणा राखे । वायु प्रदुषणको मुख्य कारण पेट्रोलबाट चल्ने सवारी साधन भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिनुपर्ने बताए । उनीहरुले भने, ‘धेरै पुराना गाडीहरु चलिरहेका छन् २० वर्ष पुराना सवारी साधनलाई हटाउनुपर्छ ।’

विद्यार्थीले वृक्षारोपणलाई प्रथामिकता दिनुपर्ने भनाई राख्दै दिगो विकासको परिकल्पना अनुसार अघि बढ्नुपर्ने धारणा राखे ।
महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले वातावरण संरक्षणका लागि गरेका काम बारे विद्यार्थीलाई जानकारी दिए । उनले महानगरमा पेट्रोलको गाडी किन्ने नीति बमोजिम काम गरेको सुनाए । इभी किन्ने नगरवासीलाई करमा छुट दिएको उनले बताए ।

पेट्रोलबाट चल्ने सवारी साधनको प्रयोगलाई प्राथमिकता नदिइ साइकलको प्रयोगलाई प्रोत्साहित गरेको जानकारी दिए । महानगर प्रमुखले वातावरण संरक्षणका लागि पोखरी र पार्क निर्माणलाई महत्व दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?