+
+

कच्चा तेलको मूल्यमा उच्च गिरावट

एजेन्सी एजेन्सी
२०८१ जेठ २३ गते १०:१३

२३ जेठ । पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ । डब्लूटीआई कच्चा तेलको भाउ एक सातामा ८.३ प्रतिशत घटेको छ । जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलर मूल्य रहेकोमा बुधबार (बिहान १० बजे) ७३.२० डलरमा झरेको छ ।

त्यस्तै ब्रेन्ट तेलको मूल्य सोही अवधिमा प्रतिब्यारेल ८३. ९४ डलरबाट घटेर ७७.४९ मा कायम भएको छ । सो अवधिमा मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ ।

अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ, जुन परिमाण मे ३१ यताकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?