+
+

हिलोमै कालोपत्रे गरिएको भन्दै गोदावरीका वडाध्यक्षले भत्काइदिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १०:५७

२३ जेठ, काठमाडौं । ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।

हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताए ।

सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ । ‘यो हाम्रो टुरिस्ट हिँड्ने बाटो हो । ३/४ दिनदेखि सडक कालोपत्रे भइरहेको थियो’, वडाध्यक्ष घिमिरेले भने, ‘मापदण्ड पुगेको छैन भनेर सुरुदेखि नै भन्दै आएको हुँ । हिजो त झन् हिलोमै कालोपत्रे भएपछि भत्काउन बाध्य भएका हौं ।’

हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार ठेकेदार कम्पनीले मापदण्ड पुर्‍याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । ‘तर, सुन्लान्जस्तो लागेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?