
२३ जेठ, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4