+
+

मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १२:३२

२३ जेठ, काठमाडौं । सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो जानकारी दिएका हुन् ।

विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले प्रेस बुलेटिन निकाल्ने उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुुसार विपद्‌मा खटिने पत्रकार स्वयम्‌सेवकहरूलाई आवश्यक तालिन दिन पनि लागिएको  छ । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको पनि उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ । यसअनुसार तयारी गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको पनि जानकारी दिए ।

विपद्को पूर्व तयारीको विषयमा राजनीतिक दलहरूसँग समेत छलफल गर्न लागिएको उनले बताए । गृहमन्त्री लामिछानेका अनुसार शुक्रबार सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?