
२३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ ।
सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।
प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
यसपटक कार्यान्वयनमुखी योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए ।
प्रदेश सरकारले कर्णाली समृद्धि अभियानलाई यो वर्ष पनि विशेष प्राथामिक्तामा राखेको र विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको मन्त्री केसीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4