+
+

अपडेट : तीनकुनेको आगलागीमा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १२:५४

२३ जेठ, काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘गु्रप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?