+
+

चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, परिवारका ५ जना घाइते

३ जनाको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १७:०२

२३ जेठ, काठमाडौं । चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । आगो निभाउने क्रममा उनको परिवारका अन्य ४ जना पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार राति काठमाडौं महानगरपालिका-७ चाबहिलका ५५ वर्षका चञ्चलबहादुर सिंहले घरायसी विवादमा आफ्नो जिउमा आगो लगाएका हुन् ।

मंगलबार राति पौने ९ बजे मदिरा खाएर घर आएका चञ्चलबहादुर र उनकी पत्नी विन्दुबीच झगडा भएको थियो । पत्नीसँग झगडा भएपछि उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

चञ्चलबहादुरको जिउमा आगो लागेपछि पत्नी र तीन छोरीले निभाएका थिए । त्यस क्रममा उनीहरु पनि घाइते भएका हुन् । घाइते हुनेमा चञ्चलबहादुर र विन्दुसँगै छोरीहरु सुप्रिया, समृद्धि र सुहानी रहेका छन् । उनीहरु पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

१६ वर्षकी समृद्धि र २४ वर्षकी सुप्रिया ८ वर्षकी सुहानीको अवस्था बढी गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?