+
+

सर्लाहीमा भएका छुट्टा-छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:१७

२३ जेठ, जनकपुरधाम । सर्लाहीमा भएका छुट्टा-छुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राति साढे ११ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका-१० सुखेपोखरी नजिक पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६ख ४९८९ नम्बरको ट्रकले विपरीत दिसाबाट आउँदै गरेको ना ख ६४ प ६०२५ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा बागमती नगरपालिका-२ डुमरिया बस्ने २० वर्षीय दिपशरण चालिसेको मृत्यु भएको छ ।

मोटरसाइकल चालक चालिसेको दुर्घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सार्लहीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यस्तै मंगलबार दिउँसो साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्गकै बागमती नगरपालिका-१ मिलनचोकमा पश्चिमतर्फ जाँदै गरेको बा९१प ९३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा केल्हबी नगरपालिका-१ का ६५ वर्षीय निलबहादुर प्रसाईंको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार भएका निलबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईं घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?