+
+

घुस मागेको विषयमा छानबिन गर्न अख्तियारले बोलायो कर्णलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:३७

२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यापारिक घरानाका सदस्यसँग घुस मागेको विषयमा छानबिन गर्न नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका तत्कालीन सदस्य सुवोधकुमार कर्णलाई बोलाएको छ ।

अख्तियारले बुधबार गोरखापत्रमा सूचना जारी गरी कर्णलाई ३० दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुन भनेको हो ।

सूचनामा ‘नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले व्यवसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने उजुरीबारे अध्ययन गर्न’ भनी उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका तत्कालीन सदस्य कर्णमाथि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग घुस मागेको आरोप थियो ।

म्यासेजमार्फत ३० हजार डलर घुस मागेको आरोप लागेपछि अख्तियारमा समेत उजुरी परेको थियो ।

तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बेलामा यो घटना सार्वजनिक भएको थियो ।

हिमालखबरले त्यतिबेला प्रकाशित गरेको रिपोर्ट अनुसार नेपाल राष्ट्र बैंकमा रोकिएका दुई प्रमुख कामका लागि उनले रकम मागेका थिए ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरका क्रममा कर छुट अनि राष्ट्र बैंकमा अड्किएको सीजी सिमेन्टको सेयर लेखांकनको प्रस्ताव अघि बढाउन कर्णले बार्गेनिक गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?