+

४ खेलमा अपराजित रहँदै पुलिस फाइनलमा

२०८१ जेठ  २३ गते १४:०९ २०८१ जेठ २३ गते १४:०९
४ खेलमा अपराजित रहँदै पुलिस फाइनलमा

२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब ४ खेलमा लगातार जित हात पार्दै फाइनल पुगेको छ ।

महिलातर्फ सम्मिलित ६ टिममध्ये नेपाल पुलिस फाइनल पुग्ने पहिलो टोली हो । यससँगै एभ्रेष्ट भलिबल क्लब पनि अपराजित रहँदै आएको छ । एभ्रेष्टले भने चौथो खेल भोलि बिहान एपीएफसँग खेल्नेछ । आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सहज जित निकालेको हो ।

पुलिसले कर्णालीमाथि २५–७, २५–६ र २५–८ मा पराजित गरेको हो । यसअघि पुलिसले त्रिभुवन आर्मी,चन्द्रागिरी न्युडाइमन्ड र एपीएफमाथि जित निकालेको हो ।

त्यस्तै आज भएको महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रागिरी नगरपालिका न्युडाइमन्डलाई हराएको छ ।

त्रिभुवन आर्मीले न्युडाइमन्डमाथि ३–२ को जित हात पारेको हो । पहिलो दुई सेट जितेको चन्द्रागिरी नगरपालिका न्युडाइमन्डले पछिल्लो ३ सेट गुमाउँदै खेल गुमाएको हो ।
आर्मीले न्युडाइमन्डमाथि २५–२७, २०–२५, २५–१७, २५–२३ र १५–१२ ले जितेको हो । आर्मीको भने यो दोस्रो जित हो । नेपाल पुलिस र एभ्रेष्टसँग पराजित भएको थियो भने कर्णाली प्रदेशलाई हराएको थियो ।

आज पुरुष तर्फ चार खेल हुँदैछन् । जसमा पहिलो खेल सुदुरपश्चिम र कोशी प्रदेशबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस र त्रिभुवन आर्मीबीच हुनेछ । तेस्रो खेलमा गण्डकी र हेल्प नेपाल भिड्नेछन् भने आजको अन्तिम खेल बुढानिलकण्ठ र एपिएफ क्लबबीच हुनेछ ।

कप एनभिए लिग नेपाल पुलिस क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय