+
+

नेपालको सम्पत्ति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आएन : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १५:१४

२३ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको सम्पति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आउन नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘देशका ठूला ठूला धनाढ्यहरु र राजयका उच्च पदस्थ अधिकारीबाट विदेशको ग्रिनकार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खबौं रकम अवैध ढंगले विदेश पुर्‍याउने काम भइरहेको छ । यसलाई रोक्ने गरी बजेट आउनुपर्ने थियो । यसमा नजरअन्दाज भएको छ ।’

विदेशी नागरिकता लिएका नागरिकको सम्पति नेपाल सरकारको नाममा आउनुपर्नेमा त्यसो हुन नसकिरहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘विदेशी नागरिकता लिइसकेका नागरिकको सम्पत्ति नेपाल सरकारको नाममा कति आयो ?’

नेपालको सम्पत्ति विदेश लैजाने काम भइरहेको दोहोर्‍याउँदै उनले यसलाई रोक्ने गरी बजेट नआएता पनि सरकारको कुनै योजना छ कि भनेर गरे ।

साथै, समानताको अनुभूति हुने गरी बजेट आउन नसकेको उनको टिप्पणी छ । सीमा क्षेत्रको रक्षा गर्ने जनताको पक्षमा बजेट बोलिनुपर्नेमा नबोलिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?