+
+

कर्णाली सरकारले ल्यायो सुर्खेत विमानस्थल विस्तारको योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १६:४५

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुन: ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले विमानस्थल विस्तारको योजना सुनाएका हुन् ।

प्रदेश सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताएको छ ।

यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो पालामा सुर्खेत विमानस्थल विस्तारको सट्टा भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने योजना ल्याएका थिए ।

निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेका थिए ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि उक्त योजनालाई पुनः नीति तथा कार्यक्रममा ल्याएको छ । केन्द्र सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सुर्खेत विमानस्थल विस्तारलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सुर्खेत विमानस्थललाई केन्द्रबिन्दु बनाएर प्रदेशका अन्य जिल्लामा नियमित उडान सञ्चालन गर्नेसमेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?