+

इन्जाइमले शरीरमा के काम गर्छ ?

२०८१ जेठ  २४ गते ११:४९ २०८१ जेठ २४ गते ११:४९
इन्जाइमले शरीरमा के काम गर्छ ?

शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो ।

सरल भाषामा बुझ्ने हो भने यी इन्जाइम शरीरभित्रका उत्प्रेरकहरू हुन् । उदाहरणका लागि हामी सुत्ने, खाने, हाँस्ने, रुने, हातखुट्टा चलाउने, सास लिने सबै काम स्वत: हुँदैन । पहिला शरीरमा रासायनिक प्रतिक्रिया हुन्छ, त्यसपछि मात्रै यो सम्भव छ । यी रासायनिक परिवर्तनलाई गति दिन इन्जाइमले शरीरमा उत्साह भर्छ ।

सबैभन्दा बढी श्वासप्रश्वास, खानाको पाचन र मांसपेशी तथा स्नायु प्रणालीको काममा यी आवश्यक छन् । इन्जाइमहरू प्रयोग हुँदैमा नष्ट हुँदैनन् । एक कोषिकाले चाहेको खण्डमा पटक-पटक प्रत्येक इन्जाइमलाई प्रयोग गर्न सक्छ । इन्जाइमको सक्रियताले नै मानिसलाई जीवित र स्वस्थ राख्छ ।

इन्जाइमहरु केबाट बन्छन् ?

अधिकांश इन्जाइमहरू प्रोटिनबाट बन्छ । केही रिबोन्युक्लिक एसिड (आरएनए)बाट पनि बनेका हुन्छन् । आरएनए अणुहरूले डीएनएबाट प्राप्त जानकारी प्रयोग गरेर प्रोटिनहरू बनाउँछन् ।

यसको महत्व

पाचन प्रणाली : इन्जाइमहरूले शरीरमा ठूला र जटिल अणुहरूको ग्लुकोजलाई मसिनो बनाउन मद्दत गर्छन् । ताकि शरीरले तिनीहरूलाई सोसेर ऊर्जाको रूपमा प्रयोग गर्न सकोस् । पाचनप्रणालीमा हुने इन्जाइमलाई पाचनरस भनिन्छ ।

डीएनए : शरीरको प्रत्येक कोषिकामा डीएनए हुन्छ । प्रत्येक पटक जब कोषिका विभाजित हुन्छ, कोषले डीएनएको प्रतिलिपि बनाउनुपर्ने हुन्छ । इन्जाइमहरूले यस प्रक्रियालाई पूरा गर्न डीएनएलाई खोलेर प्रतिलिपि बनाउन मद्दत गर्छन् ।

लिभर इन्जाइम : कलेजोले शरीरमा विषाक्त पदार्थहरू हटाउने प्रक्रियामा पनि इन्जाइमको झुण्डले मद्दत गर्छ ।

त्यस्तै, हर्मोन उत्पादन, कोषको नियमितता, संकेत ओसारपोसार गर्ने र मांसपेशीलाई चलायमान राख्न पनि यसले मद्दत गर्छ ।

न्जाइमले काम गर्ने अवस्था 

इन्जाइमहरू केही परिस्थितिहरूमा मात्र काम गर्न सक्छन् । मानव शरीरमा अधिकांश इन्जाइमहरू लगभग  ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) मा राम्रो काम गर्छ, जुन सामान्य शरीरको तापक्रम हो । यो भन्दा कम तापक्रममा सुस्त काम गर्छन् ।

यदि तापमान धेरै उच्च छ वा वातावरण धेरै अम्लीय वा क्षारीय छ भने इन्जाइमले यसको आकार परिवर्तन गर्छ । जसले स्वास्थ्य समस्या ल्याउन सक्छ ।

हाम्रो शरीरमा ‘पावर अफ हाइड्रोजन’ (पीएच लेभल) हुन्छ, जसले शरीरमा भएको अम्लीयको स्तर मापन गर्छ । यदि शरीरमा धेरै अम्लीय वा क्षारीय वातावरण छ भने इन्जाइमहरूले राम्रोसँग काम गर्दैनन् ।

यद्यपि विभिन्न इन्जाइमहरूले एसिड (अम्लीय)को विभिन्न स्तर सहन्छन् । उदाहरणका लागि आन्द्रामा इन्जाइमहरु लगभग ८ पीएच छ भने राम्रो काम गर्छ । जबकि पेटमा इन्जाइमहरुको लगभग १.५ पीएचमा  राम्रो काम गर्न सक्छन् ।

किन हुन्छ शरीरमा इन्जाइमको कम उत्पादन ?

शरीरले इन्जाइम उत्पादन गर्न नसक्ने थुप्रै कारण छन् । जसमा आमाशयको दीर्घरोग, गर्भावस्था, एन्जाइटी र मधुमेह प्रमुख हुन् । यसबाहेक उमेर ढल्किंदै जानु र जीवनशैली अस्वस्थ हुँदै जाँदा पनि शरीरले इन्जाइम पहिलेको जस्तो उत्पादन गर्न सक्दैन र शरीर कमजोर हुँदै जान्छ ।

त्यस्तै, धुम्रपान, एन्टिबायोटिक औषधिहरुको प्रयोग, अति प्रशोधित खानेकुरा र तनावले पनि यसको उत्पादनमा असर गर्छ ।

इन्जाइम असन्तुलन वा कमी हुनुको संकेत

एक्सोक्राइन प्यान्क्रियाटिक समस्या : यो एक अवस्था हो, जहाँ आमाशयमा पर्याप्त पाचन रसहरु हुँदैन । जसकारण खानाबाट पोषक तत्वहरू अवशोषित हुँदैनन् र पेट खराब हुन्छ ।

ल्याक्टोजको समस्या : दूध र डेरी उत्पादनमा चिनी पचाउन आवश्यक इन्जाइमको कमी शरीरमा छन् भने पनि खाएपछि बान्ता वा अपच हुनसक्छ ।

इन्जाइम कम भएमा पेटमा ब्याक्टेरियाको असन्तुलन गराई खानेकुराको रुचि कम हुने र खाएको पनि पच्दैन । नतिजा,  शरीरका लागि आवश्यक ऊर्जाको लागि खानेकुरा शरीरले सोस्न सक्दैन । त्यस्तै, डायरिया र कब्जियत पनि गराउँछ ।

त्यस्तै, प्रतिरक्षा प्रणाली कमजोर हुने, थकान,  छालामा पनि समस्या गराउन सक्छ । यी खानेकुरामा इन्जाइमको क्षमता बढाउने शक्ति हुन्छ ।

एभोकाडो, मेवा, आँप, केरा, किवी, अदुवा, स्याउ, अंगुर, अन्जीर, मह र बन्दाकोपी लगायतका प्राकृतिक खानेकुरा ।

एजेन्सीको सहयोगमा

इन्जाइम शरीर स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय