+

आर्मीको अपराजित यात्रामा पुलिसको ‘ब्रेक’

२०८१ जेठ  २३ गते १७:४१ २०८१ जेठ २३ गते १७:४१
आर्मीको अपराजित यात्रामा पुलिसको ‘ब्रेक’

२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीलाई ३-१को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।  डिर्पाटमेन्टल डर्बीको यो खेलमा आज पुलिसले बाजी मारेको हो ।

दशरथ रंगशालाको कर्भडहलमा बुधबार भएको खेलमा पुलिसले २५–२७, २६–२४, २५–२१ र २५– १८ ले आर्मीलाई हराउँदै अपराजित यात्रा कायम राखेको हो । योसँगै आर्मीको ४ खेलमा रहेको अपराजित यात्रामा ब्रेक लागेको छ ।

पहिलो सेटमा आर्मीले पुलिसलाई हराए पनि दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पोल्टामा पार्दै खेल जितेको हो । यसअघि नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेश, एपीएफ, बुढानीलकण्ठ र कोशी प्रदेशलाई जितिसकेको छ ।

त्रिभुवन आर्मीले भने यसअघि बुढानीलकण्ठ, एपीएफ, सुदुरपश्चिम र कोशी प्रदेशलाई जितेको थियो । आज पुरुषतर्फको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपालबीच हुनेछ भने चौथो खेलमा आज एपीएफ र बुढानीलकण्ठ भिड्नेछन् ।

यता, बिहान भएको महिलातर्फको खेलमा कर्णाली प्रदेशविरुद्ध नेपाल पुलिसले चौथो जित हात पार्दै फाइनल पुगेको छ भने दोस्रो खेलमा चन्द्रागिरी न्यु डाइमन्डलाई हराउँदै त्रिभुवन आर्मीले जित हात पारेको छ ।

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एनभीए लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय