+

नापोलीको प्रशिक्षकमा कोन्टे

२०८१ जेठ  २३ गते १७:५९ २०८१ जेठ २३ गते १७:५९
नापोलीको प्रशिक्षकमा कोन्टे

२३ जेठ, काठमाडौं । इटालियन क्लब नापोलीको प्रशिक्षकमा एन्टोनियो कोन्टे नियुक्त भएका छन् ।

५४ वर्षका कोन्टेले क्लबसँग तीन वर्षको सम्झौता गर्ने सहमति गरेको बीबीसीले जनाएको छ । कोन्टे प्रशिक्षकका रुपमा इटलीमा जति सफल रहे, इंग्ल्याण्डमा हुन सकेनन् ।

उनले २०११ देखि २०१४ मा युभेन्टसलाई इटालियन लिग सिरी ए को तीन उपाधि दिलाएका थिए । त्यसपछि २ वर्ष इटलीकै राष्ट्रिय टिम सम्हाले ।

२०१६ मा इंग्लिस क्लब चेल्सी पुगेका उनले पहिलो सिजन नै प्रिमियर लिगको उपाधि जिते । तर २०१८ मा एफए कपको उपाधि जिते पनि उनको बर्खास्ती टरेन ।

फेरि इटली फर्किएका उनले २०२१ मा इन्टर मिलानलाई इटालियन लिग सिरिी ए को उपाधि दिलाए । लगातार ९ पटक लिग जितेको युभेन्टसलाई हराएर  इन्टर मिलानलाई लिग जिताएपनि उनले क्लब छाड्ने घोषणा गरे । आगामी सिजनका लागि खेलाडी अनुबन्धमा क्लब बोर्डसँग असहमति भएपछि उनले क्लब छाडे ।

त्यसपछि उनी फेरि टोटनह्याम गए । १६ महिना टोटनह्यामको प्रशिक्षक रहेका उनले मार्च २०२३ मा क्लब छाडेका थिए ।

 

इटाली एन्टोनियो कोन्टे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय