+
+

मोदी र एनडीए गठबन्धनलाई चीनको बधाई, स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १८:१४

२३ जेठ, काठमाडौं । चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बधाई सन्देशमा भनेकी छन्, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) लाई बधाई छ।’

बधाई सन्देशमा अगाडि भनिएको छ, ‘हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौं।’

मंगलबार सम्पन्न मतगणनामा २४० सिट जितेको भाजपाले एक्लै बहुमत ल्याउन सकेन । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?