२३ जेठ, काठमाडौं ।आठौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाललाई ३–२को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले हेल्प नेपालको अपराजित यात्रामा विराम लगाएको छ ।
दशरथ रंगशाला कर्भड हलमा बुधबार भएको खेलमा २७–२५, २१–२५, २८–३०, २५-२१ र १५– ९ ले हराउँदै गण्डकी प्रदेशले अपराजित यात्रा कायम राखेको छ । पहिलो सेट जितेको गण्डकीले दोस्रो र तेस्रो सेट प्रतिस्पर्धामा पछि पर्दै गुमाए पछि पुन चौथो र पाँचौं सेट जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
गण्डकीले यसअघि एपिएफ क्लब, सुदुरपश्चिम,कोशी र बुढानिलकण्ठलाई हराएको थियो ।टिपटप हेल्प नेपालले यसअघि बुढानिलकण्ठ, कोशी प्रदेश , एपिएफ र सुदुरपश्चिमलाई हराएको थियो ।
आजको अन्तिम खेलमा आज एपिएफ र बुढानिलकण्ठ भिड्नेछन् ।यस अघि भएको पुरुष तर्फका पहिलो खेलमा सुदुरपश्चिमले कोशीलाई हराएको थियो भने दोस्रो खेल विभागीय डर्बी बिच भएको थियो जसमा आर्मीलाई हराउँदै पुलिसले बाजी मारेको थियो ।
यता, बिहान भएको महिलातर्फको खेलमा कर्णाली प्रदेशविरुद्ध नेपाल पुलिसले चौथो जित हात पार्दै फाइनल पुगेको छ भने दोस्रो खेलमा चन्द्रागिरी न्यु डाइमन्डलाई हराउँदै त्रिभुवन आर्मीले जित हात पारेको छ ।
प्रतिक्रिया 4