+

टी-२० विश्वकपमा भारतको विजयी सुरुआत

२०८१ जेठ  २३ गते २३:३७ २०८१ जेठ २३ गते २३:३७
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत

२३ जेठ, अमेरिका – भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो ।

९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ऋषभ पन्त २६ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा नट आउट रहे । कप्तान रोहित शर्मा ३७ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा रिटायर्ड हर्ट भएका थिए । विराट कोशली १ र सूर्यकुमार यादव २ रनमा आउट भए । आयरल्यान्डका मार्क आदिर र बेन ह्वाइटले १–१ विकेट लिए ।

त्यसअघि न्यू योर्कमा नासाउ रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याड १६ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ग्यारेथ डेलानीले १४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २६ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर अर्शदीप सिंहले ओपनर पल स्टर्लिङलाई २ र एन्ड्रयू बालबर्नीलाई ५ रनमा आउट गरेका थिए । दुबै ओपनर आउट हुँदा आयरल्यान्ड ३ ओभरमा ९–२ को अवस्थामा पुगेको थियो । त्यसपछि हार्दिक पाड्याले लोर्कन टकरलाई १० रनमा बोल्ड आउट गरे । लेन्थ बल मिस भएपछि बोल्ड भएका उनले १३ बलमा २ चौका प्रहार गरे । त्यो समय आयरल्यान्ड ६.५ ओभरमा २८–३ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि ह्यारी टेक्टर र लोर्कान टकरले २३ बलमा सर्वाधिक १९ रनको साझेदारी गरे । त्यसपछि जर्ज डोकरेल र मार्क आदिर ३–३ रनमा आउट भए । कर्टिस क्याम्फर ८ बलमा १ चौका र १ छक्कासहित १२ रनमा आउट भए । एक समय ११.२ ओभरमा ५०–८ को अवस्थामा पुगेको आयरल्यान्डलाई नवौं विकेटका लागि लिटिल र डेलानीबीचको २७ रनको साझेदारी गरेका थिए । लिटिल १३ बलमा २ चौका प्रहार गर्दै १४ रनमा आउट भए ।

भारतका हार्दिक पान्ड्याले ३, अर्शदीप सिंह र जस्प्रित बुमराहले २-२ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले १-१ विकेट लिए ।

आईसीसी टी-२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय