+

पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट

२०८१ जेठ  २४ गते ६:५९ २०८१ जेठ २४ गते ६:५९
पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट

२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ ।

प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको हो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

यसअघि एक/एक खेलेका यी दुवै टिम पराजित भएका थिए । पपुवा न्यूगिनी वेष्टइन्डिज र युगान्डा अफगानिस्तानसँग पराजित भएका हुन् ।

टी २० क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय