+
+

गुल्मीमा ‘तम्घास रेसुंगा स्केट पार्क’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते ६:१९

२४ जेठ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्केट पार्क सञ्चालनमा आएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१ मा तीन जना युवा मिलेर तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा ल्याएका हुन् ।

बीएनसी ग्रुपले सञ्चालनमा ल्याएको उक्त पार्क रेसुंगा–१ का वडाअध्यक्ष रामप्रसाद पन्थीले उद्घाटन गरेका हुन् । ग्रुपले यअघि ६ ठाउँमा पार्क सञ्चालनमा ल्याइसकेको छ ।
वडाअध्यक्ष पन्थीले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरु मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण ल्याउने उनको भनाइ थियो ।

साना बालबालिका देखि जुनसुकै उमेर समूहका स्केट खेल खेल्न सक्नेछन् । ५० लाखको लागनीमा निर्माण भएको स्केट पार्कमा एकै पटकमा ८० जनासम्म खेल्न मिल्ने बीएनसी ग्रुपका सञ्चालक चन्द्रकान्त भट्टराईले बताए ।

गुड्ने चक्कासहितको जुत्ता लगाएर दौड्ने र हिँड्ने गरी यो खेलको मजा लिन सकिन्छ । विदेसी मुलुकमा लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्न थालेको छ । स्केट पार्क खेलले मनोरञ्जनका साथै शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?