+
+

मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते ७:२५

२४ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको बहुमतसहित दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।

मधेशमा अब जनमतको सरकार बन्ने छ । मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एकीकृत समाजवादी, १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेतको समर्थनमा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्रीको दाबी पेश गर्ने दलहरुको तयारी छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयार भएको ती दलहरुको दाबी छ ।

२७ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका जसपा संसदीय दलका नेता सरोज यादव बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि पद मुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?