+

अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

२०८१ जेठ  २४ गते ८:०५ २०८१ जेठ २४ गते ८:०५
अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ ।

बारबाडोसको ब्रिजटाउन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको हो ।

खराब सुरुआत गरेपनि ओपनर डेभिड वार्नर र मार्क्युस स्टोनिसको अर्धशतक मद्दतमा अष्ट्रेलियाले ओमानलाई मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे ।  ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।

अन्य ब्याटर मिचेल मर्सले १४, ट्रभिस हेठले १२ र टिम डेभिडले १० रन बनाए भने ग्लेन मेक्सवेल शून्य रनमै आउट भए ।

ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक/एक विकेट लिए ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय