+

टी-२० विश्वकप : पपुवा न्यूगिनीलाई युगान्डाले हरायो

२०८१ जेठ  २४ गते ८:२८ २०८१ जेठ २४ गते ८:२८
टी-२० विश्वकप : पपुवा न्यूगिनीलाई युगान्डाले हरायो

२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा  युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८.१ ओभरमा भेटाएको हो ।

लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको  युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो । रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए ।

अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए ।

पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुई/दुई, चाद सोपर र असाद भालाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

पराजित भएका हुन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय