+
+

बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते ८:५०

२४ जेठ, काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।

बुधबार साँझ पनि काठमाडौं महानगरका प्रतिनिधिलाई सम्पर्क गरेर आफूमाथि दुर्व्यवहार भएको र बस्नै नसक्ने स्थितिमा पुगेको भन्दै खबर गरेकी थिइन् । त्यसपछि काठमाडौं महानगरपालिका, नागर्जुन नगरपालिका,  बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो ।

त्यसपछि महानगरको टोलीले पीडित किशोरीलई उद्दार गरेर बाल सुरक्षा गृहमा पठायो भने स्वयम्भु प्रहरीले इन्स्पेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताए ।

काठमाडाैं महानगरका अनुसार पीडित किशोरी तराईवासी हुन् । उनलाई घरमा सहयोग गर्दै पढाउने गरी राखिएको थियो । थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?