+
+

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १०:०५
२४ जेठ, काठमाडौं । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

तर, तोकिएको अवधिमा सिजीले निवेदन नै दिएन । निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वत: खारेज भएको हो ।

गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । तर, पूर्वाधार नै निर्माण गरेन । र, नवीकरणको निवेदन नै नदिंदा २० वर्षपछि स्वत: लाइसेन्स खारेज भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?