+
+

हिमालयन रिले पायो भारतीय जीआईसी रिको ‘ट्रिटी’ अंश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १०:११

२४ जेठ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’ पाएको छ ।  यसले हिमालयन रिको बिजनेस विस्तारमा सघाउ पुग्नेछ ।

भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै हिमालयन रिले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

‘एकपछि अर्काे उपलब्धि हासिल हुने क्रममा जीआइसी रिले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?