+
+

प्रिमियरमा यस्तो देखियो ‘गाउँ आएको बाटो’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:११

काठमाडौं । निर्देशक नवीन सुब्बा २४ वर्षपछि कथानक फिल्ममा पुनरागमन तयारीमा छन् । शुक्रबारदेखि उनको पछिल्लो फिचर ‘गाउँ आएको बाटो’को देशव्यापी थिएट्रिकल प्रदर्शन हुँदैछ ।

बिहीबार बेलुका काठमाडौंको बिग मुभिजमा फिल्मको भव्य प्रिमियर आयोजना गरियो । राई समुदायमा आधारित पहिलो फिल्म भएकाले सोही थिममा प्रिमियर समारोह आयोजना गरिएको थियो ।

प्रिमियरमा दयाहाङ राई, पशुपति राई, प्रसन राईसहित फिल्मका कास्ट एण्ड क्रिउ सहभागी रहे । मिरुना मगर, केकी अधिकारी, स्वस्तिमा खड्का, कार्म, रामबाबु गुरुङ लगायत पनि प्रिमियरमा उपस्थित रहे । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती पनि फिल्म हेर्न पुगेका थिए ।

गाउँमा सडक पुगेपछि त्यसले ल्याउने पारिवारिक उतारचढावको कथा फिल्मले पेश गर्छ । क्यानडाको टोरन्टो फिल्म फेस्टिभलसहित संसारका चर्चित फेस्टिभलको चक्र पूरा गरेपछि यो फिल्म नेपालमा रिलिज हुन लागेको हो ।

निर्माता आमोद राईले प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको बताए । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र नवीन सुब्बाको मान्छेयम फिल्म्सको संयुक्त ब्यानरमा फिल्मको देशव्यापी प्रदर्शन भएको हो ।

प्रिमियरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?