+
+

सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:१०

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।

लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

उनले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो । यसमा कमजोरी कहाँ रह्यो ? किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यसबारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?