+
+

७७ वटै जिल्लामा वृक्षारोपण गर्न एनसेल र नेपाल युवा परिषद्‍बीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:४६

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्‍बीच समझदारी भएको छ ।

सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० विरुवा रोप्ने विषयमा एनसेल र परिषद्‍बीच समझदारी भएको हो ।

एक युवा, एक विरुवा अभियानको सुरुवात गर्दै एनसेल र परिषद्को संयुक्त पहलमा आगामी १४ असार ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन ७७ वटै जिल्लामा वृक्षारोपण गरिने सम्झौता भएको एनसेलले जनाएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षारोपण गर्ने छन् । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ ।

वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।

सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

राष्ट्रिय वृक्षारोपण अभियानले सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुदाँ यो अभियानमा परिषद्‍सँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?