+
+

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १३:२८

२४ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको बताए । यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका रहेको उनले बताए ।

‘लागुऔषधको स्रोत के हो ? समातिएको नष्ट गरिएको भनिन्छ । नष्ट गरिएको भए कहाँ भएको छ ? कतै यो रिसाइकलिङ त भइरहेको छैन ? समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन ? यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु,’ उनले भने ।

यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?