+
+

चन्द्रागिरि-चित्लाङ सडक खण्ड २० असारसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १४:०२

२४ जेठ, काठमाडौं । गणेशमान मार्गको थानकोट-चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ ।

सो सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा सडक बन्द हुने विज्ञप्तिमा छ ।

सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।

वर्षामा हिलो र हिउँदमो धुलो हुने उक्त सडक खण्ड बाराको निजगढ, वीरगञ्ज, हेटौंडा र थाहा नगरपालिकाबाट काठमाडौं उपत्यका छिर्ने छोटो दुरीको सडक हो ।

यस सडक खण्डको स्तरोन्नति नहुँदा उच्च जोखिम मोलेर काठमाडौं आउजाउ गर्नुपर्ने बाध्यता छ ।

 

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?