+
+

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १४:३८

२४ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बस्नेतले दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थप हुने बताएका हुन् ।

उनले यो सम्झौता राष्ट्रको हितमा भएको पनि बताए । ‘यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हित हेरिन्छ,’ मन्त्री बस्नेतले भने ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता बिहीबार प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?