+
+

१६औं योजना लक्ष्य : वार्षिक २५ लाख पर्यटक, जीडीपीमा ७ प्रतिशत योगदान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १४:५४
फाइल तस्वीर

२४ जेठ, काठमाडौं । सरकारले वार्षिक २५ लाख पर्यटक आगमन पुग्ने अनुमान सहित १६औं योजनाको लक्ष्य तय गरेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा ८ लाख २० हजार पर्यटक आएका थिए । अबको ५ वर्षमा यस्तो आगमन तीन गुणाले बढ्ने आयोगको अनुमान छ ।

आयोगका अनुसार यस अवधिमा पर्यटकको औसत बसाइ अवधि १५ दिन प्रतिपर्यटक पुग्ने अनुमान छ । अहिले यस्तो बसाइ अवधि औसत १३.१ दिन प्रतिपर्यटक छ ।

अहिले नेपाल आउने पर्यटकले प्रतिदिन ४०.५ अमेरिकी डलर खर्च गरिरहेको देखिएको छ । यसलाई बढाएर ८५ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्यसमेत १६औं योजनाले लिएको छ । अहिले पर्यटनको योगदान जीडीपीमा २ प्रतिशतमात्र छ । यस अवधिमा द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक संख्या ४८ पुर्‍याउने लक्ष्य छ ।

जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन पर्यटन क्षेत्रबाट मूल्य अभिवृद्धिमा सुधार गर्दै आम्दानी बढाइने उल्लेख छ ।

दिगो विकासको मर्म अनुसार नेपालको पर्यटन उद्योगलाई पर्यापर्यटनसँग जोड्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी पर्यटकीय पूर्वाधार विकास र विस्तार गरिने छ ।

स्थानीय स्तरमा उत्पादन भएका पर्यटकीय उपजको व्यावसायीकरण गर्ने, पर्यटनबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने र पर्यटनको लाभ स्थानीय स्तरसम्म पु¥याइने समेत रणनीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?