+

एनभीए भलिबलमा एपीएफको दोस्रो जित

२०८१ जेठ  २४ गते १५:२६ २०८१ जेठ २४ गते १५:२६
एनभीए भलिबलमा एपीएफको दोस्रो जित

२४ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको खेलमा एपीएफले दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार एपीएफले कोशीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २२–२५, २५–१२, २५–१४ र २५– १९ ले हरायो । यसअघि एपीएफले बुधबार बूढानीलकण्ठमाथि जित हात पारेको थियो ।

एपीएफले यसअघि गण्डकी, नेपाल पुलिस, त्रिभुवन आर्मी र हेल्प नेपालसँग हारेको थियो ।

कोशीले भने हालसम्म जित हात पार्न सकेको छैन ।

आज बिहान भएको महिलातर्फको पहिलो खेलमा कर्णालीलाई चन्द्रागिरि न्यू डाइमण्डले हरायो । दोस्रो खेलमा एपीएफ एभरेष्टसँग पराजित भयो ।

एनभीए भलिबल एपीएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय