+
+

खोलाले बगाउँदा बालकको मृत्यु

रासस रासस
२०८१ जेठ २४ गते १६:२१

२४ जेठ, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए ।

लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?