+

पुलिसलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल शीर्ष स्थानमा

२०८१ जेठ  २४ गते १७:२३ २०८१ जेठ २४ गते १७:२३
पुलिसलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल शीर्ष स्थानमा

२४ जेठ काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिग अन्तर्गत पुरुष तर्फको खेलमा बिहीबार विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै हेल्प नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

हेल्प नेपालले पुलिसलाई २५–२०, २५–२२ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।

हेल्प नेपाल र पुलिसले प्रतियोगितामा एक/एक खेलमात्र हारेका छन् । यसअघि हेल्प नेपाल बुधबार गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

बिहीबार बिहान भएको महिला तर्फको खेलमा न्यू डायमन्डले कर्णाली खेलकुद विकास समितिलाई र एभरेष्ट क्लबले एपीएफ क्लबलाई पराजित गरेका छन् ।

पुरुषतर्फको पहिलो खेलमा एपीएफले कोशीलाई ३–१ को सेटमा हरायो ।

प्रधानमन्त्री कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय