+
+

मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने, नेपालका प्रधानमन्त्री प्रचण्ड जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १७:४५

२४ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालको लागि शपथ लिने भएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए । चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन् ।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदीले यसअघि सन् २०१४ र २०१९ मा सरकारको नेतृत्व गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)का मोदीलाई प्रधानमन्त्री बनाउन जनता दल युनाइटेडका नितिश कुमार र तेलगु देसम पार्टीका चन्द्रबाबु नायडूले लिखित सहमति गरेका छन् ।

भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धनमा यी दुई दल पनि छन् । भारतमा सरकार बनाउनको लागि आवश्यक २७२ सिट मोदीको पार्टी भाजपासँग छैन । लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको छ ।

जनता दल युनाइटेडसँग १२ र तेलगु देसम पार्टीसँग १६ सिट रहेको छ । यी दुई दलको समर्थनमा पनि बहुमत नपुगेपछि मोदीले एनडीए भित्रकै अरू दलको साथ खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?