+
+

कीर्ते कागजात पेश गरेर ८५ लाख ठगेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १८:१२

२४ जेठ, काठमाडौं । कीर्ते कागजात पेश गरी ८५ लाख रुपौयँ ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–११ घर भई ललितपुर बस्दै आएका ३९ वर्षीय रबीन्द्र डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डाँगीले ललितपुरको गोदावरी नगरपालिका–२ को सिट नम्बर ८ (ग) को कित्ता नम्बर ३४५ को १ रोपनी जग्गालाई अर्को महँगो स्थानको जग्गा भन्दै नक्कली कागजात पेश गरेर ८५लाख ऋण लिएको खुलेको छ ।

त्यसका लागि उनले नापी विभागदेखि वडा कार्यालयको सिफारिस समेत नक्कली बनाएर श्रीयन्त बचत तथा ऋण सहकारीमा पेश गरेर ८५ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डाँगीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?