+
+

निःशुल्क स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १८:३१

२४ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा निःशुल्क दिँदै आएको स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ ।

निःशुल्क दिइएको स्यानिटरी प्याड गुणस्तरीय नहुने र सरकारी मापदण्ड अनुसार खरिद तथा वितरण नहुने समस्या देखिएपछि कार्यविधि संशोधन गर्न खोजिएको मन्त्रालयको भनाइ छ ।

स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को अनुसूची १ मा उल्लेख भएको स्यानिटरी प्याडको गुणस्तर मापदण्ड पुनरावलोकन हुनुपर्ने आवाज सरोकारवालाले उठाएका छन् । यसै विषयमा मन्त्रालयले स्यानिटरी प्याड उत्पादक कम्पनी, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, विज्ञ र सरोकारवालासँग छलफल गरेको छ ।

नेपाल सरकारले स्थानीय तहमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ । त्यसपछि विद्यालयले स्यानिटरी प्याड किन्ने गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले छलफलबाट प्राप्त सुझाव तथा स्थानीय सरकारको सुझावका आधारमा कार्यविधि संशोधन गर्ने बताइन् ।

उनले भनिन्, ‘गुणस्तरीय एवं वातावरणमैत्री प्याड वितरणको लागि जोड हुन्छ र यो कार्यक्रमको अहिलेसम्मका उपलब्धि र चुनौतीलाई समेत ख्याल गरेर नयाँ कार्यविधिलाई अन्तिम रूप दिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?