
२४ जेठ, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको नियुक्तिको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गरेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशमा तेजबहादुर राईलाई तोक्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4