+
+

एनसेलको नयाँ सेन्टर दमौलीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १९:५२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

ग्राहकले एकै स्थानबाट विभिन्न सेवा प्रदान प्राप्त गर्न सहज भन्ने उद्देश्यका साथ दमौलीको व्यास नगरपालिका–३ स्थित महर्षी चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा उद्देश्य ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको नयाँ सेन्टरबाट ग्राहकले सबै किसिमका सेवा लिन सक्ने कम्पनीका भनाइ छ  ।

बिहीबार एक कार्यक्रमका बीच एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

एनसेलका सेवा सुविधाका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत ग्राहकले यस नयाँ सेन्टरबाट लिन सक्ने कम्पनीले जनाएको छ ।

यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा  प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?