+

खुलातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी नेपाल च्याम्पियन

२०८१ जेठ  २४ गते २०:०५ २०८१ जेठ २४ गते २०:०५
खुलातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी नेपाल च्याम्पियन

२४ जेठ, काठमाडौं । झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् ।

उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंकसहित उपाधि जितेका हुन् ।

१२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक ८ अंक बनाएर राजन च्याम्पियन भएका हुन् ।

१९२३ रेटिङका प्रेमकृष्णविरुद्ध उनले पूरा एक अंक हात पारे । उनले सात जित, दुई बराबरी र दुई हारको नतिजा निकाल्दै ८ अंक बनाएका हुन् ।

३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरि झापा कै श्रुसुरत दाहाल र पूर्वनेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियाडको यात्रा तय गरे ।

समान ७.५ अंक भए पनि क्षितिज टाइब्रेकरमा श्रुसुरतसँग पछाडि परेका थिए । श्रुसुरतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवालाई पराजित गरे भने क्षितिजले दोलखाका राजिव कार्कीलाई हराएका थिए ।

नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडको लागि छनोट भएका हुन् ।

महिलातर्फ अन्तिम चरणको खेलमा  कृतिसारा अधिकारीसँग  पराजित भएता पनि  ९ अंक सहित दोस्रोपटक नेपाल  च्याम्पियन हुन सफल भइन् । सिन्दिरले ११औं चरणसम्मको खेलमा आठ खेलमा सफलता हात पारिन् भने दुई खेलमा हार व्यहोरेकी थिइन् ।

झापाका कृतिसारा अधिकारी उपविजेता र कास्कीका पूजा भण्डारी तेस्रो भइन् ।  शान्ति धिमाल चौथो स्थानमा रहेर ओलम्पियाडको लागि स्थान बनाउन सफल भइन् ।

चेस च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय