+

आउट भएपछि निराश वार्नर जब विपक्षीको ड्रेसिङ रुममा छिर्न खोजे

२०८१ जेठ  २४ गते २०:१३ २०८१ जेठ २४ गते २०:१३
आउट भएपछि निराश वार्नर जब विपक्षीको ड्रेसिङ रुममा छिर्न खोजे

२४ जेठ, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२४ को समूह बी अन्तर्गत ओमान विरुद्धको पहिलो खेलमा अष्ट्रेलियन ब्याटर डेविड वार्नर विपक्षी टिमको ड्रेसिङ रुपमा प्रवेश गर्न खोजेपछि अहिले उक्त भिडियो भाइरल बनेको छ ।

आउट भएपछि निराश भएर फर्किएको वार्नर त्यही क्रममा ओमान टिमको ड्रेसिङ रुपतर्फ जाने बाटोमा पुगेपछि अफ्ठ्यारो क्षण सामना गरेका थिए ।

बार्बाडोसको ब्रिजटाउनस्थित केनसिङ्गटन ओभलमा भएको खेलमा वार्नरले ५१ बलमा ५६ रन बनाएका थिए । उक्त खेल अक्ष्ट्रेलियाले ३९ रनले जितेको थियो ।

वार्नर ड्रेसिङ रुमतर्फ फर्कादै गर्दा उनी अर्को सिढीतर्फ चढिरहेका थिए । त्यही बेला कसैले उनलाई अष्ट्रेलियन ड्रेसिङ रुम अर्कोतर्फ भएको बताएपछि उनी फर्किएका थिए ।

अष्छ्रेलिया पहिले ब्याटिङ गर्दै मार्कुस स्टोइनिसले ३६ बलमा ६७ रन बनाएपछि ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । स्टोइनिसले अलराउण्ड प्रदर्शन गर्दै १९ रन खर्चेर ३ विकेट पनि लिए ।

यस्तै मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए । जवाफमा ओमानले ९ विकेट गुमाएर १२५ रन बनायो ।

आईसीसी टी-२० क्रिकेट विश्वकप डेविड वार्नर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय