+

राष्ट्रिय टोलीमा बसन्त जिम्बाको डेब्यु

२०८१ जेठ  २४ गते २१:१४ २०८१ जेठ २४ गते २१:१४
राष्ट्रिय टोलीमा बसन्त जिम्बाको डेब्यु

२४ जेठ, काठमाडौं । मिडफिल्डर बसन्त जिम्बाले युएई विरुद्धको खेलमार्फत राष्ट्रिय फुटबल टिममा डेब्यु गर्ने भएका छन् ।  फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएई विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले घोषणा गरेको पहिलो रोजाईँमा बसन्तले स्थान बनाएका हुन् ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका बसन्तले युएई विरुद्ध पहिलो रोजाईँमै डेब्युका अवसर पाएका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मी एफसीबाट खेल्ने बसन्त जिम्बा र आशिकबाबु चौधरी विश्वकप छनोट अन्तर्गत युएई र यमन विरुद्धको खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

कप्तान किरणले गोलपोष्ट सम्हाल्नेछन् । यस्तै अनन्त तामाङ रोहित चन्द विशाल बस्नेत र सौभाग्य राई डिफेन्समा हुनेछन् भने लकेन लिम्बु बसन्त जिम्बा मनिष डाँगी र भरत अवास मिडफिल्डमा हुनेछन् । सन्जिव विष्ट र जिलेस्पी जंक कार्कीले फरवार्डमा खेल्नेछन् ।

नेपाल र युएईबीचको खेल साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियममा नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

बसन्त जिम्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय