+
+

मध्यरातमा मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री दाबी पेस गर्न पुगे सतिश सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते ७:४२

२५ जेठ, जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंहले दाबी पेस गर्न लागेका छन् । राति अबेरसम्म बसेको साझेदार दलको बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेपछि मुख्यमन्त्रीमा दाबी पेस हुन लागेको हो ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन ।

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?