+
+

गुल्मीको श्रृङ्गेश्वर क्षेत्र ओझेलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते ९:३७

२५ जेठ, गुल्मी । प्रचार प्रसार अभावमा गुल्मीको श्रृङ्गेश्वर मन्दिर क्षेत्र ओझेलमा परेको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा क्षेत्रको मन्दिरसँगको अन्तर सम्बन्ध जनमानसमा पु¥याउन नसक्दा श्रृङ्गेश्वर मन्दिर ओझेलमा परेको हो ।

त्रेतायुगमा अयोध्याका राजा दशरथले रेसुङ्गा धामका तपश्वी श्रृङ्ग ऋषीलाई बोलाएर महायज्ञ गरेपछि पुत्र प्राप्त भएको कथा वेद पुराणहरुमा पढ्न पाइन्छ । सोही यज्ञको प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएको धार्मिक कथा छ । त्यसैले रेसुङ्गा धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिन्छ ।

दशरथलाई पुत्रेष्टि महायज्ञ गराएका ती श्रृङ्ग ऋषि रेसुङ्गा र श्रृङ्गा क्षेत्रमा ६–६ महिना तपस्या गर्ने गरेको बताइन्छ । मन्दिरका पुजारी कृष्णप्रसाद ज्ञवालीका अनुसार श्रृङ्ग ऋषिले गर्मीको ६ महिनासम्म रेसुङ्गामा र जाडोको ६ महिना श्रृङ्गा क्षेत्रमा तपस्या गर्दथे । तिनै ऋषिको नामबाट सो क्षेत्रको नाम श्रृङ्गा रहने गएको स्थानीय बताउँछन् ।

श्रृङ्गा क्षेत्रका मन्दिरमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । श्रृङ्गा क्षेत्रमा सिद्धस्थान, महापोखरी, यज्ञशाला र शिवालय छन् । तर रेसुङ्गा क्षेत्रको जति प्रचार प्रसार र चहलपहल श्रृङ्गा क्षेत्रको हुन सकेको छैन ।

श्रृङ्गा क्षेत्र जिल्ला सदरमुकाम तम्घासबाट २७ किलोमिटर पक्की सडक र गुल्मी प्रवेशद्वार रिडीबाट १७ किलोमिटर पक्की सडकको यात्रापछि पुगिन्छ । त्यहाँबाट वरिपरिको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रदेश सरकार र गाउँपालिकाले सो क्षेत्रमा पोखरी, पैदल मार्ग र पार्किङ क्षेत्र बनाइदिएको पनि त्यहाँको मन्दिरको महत्वबारे प्रचार प्रसार नहुँदा आन्तरिक एबम् बाह्य पर्यटकहरु खासै नआउने पुजारी ज्ञवाली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?