
२५ जेठ, काठमाडौं । दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो ।
विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ ।
विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एक/एक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4